१८ वर्षीया युवतीमा मृत्युपछि कोरोना पुष्टि

१८ वर्षीया युवतीमा मृत्युपछि कोरोना पुष्टि

corona death

वीरगञ्‍ज । पर्सामा एक युवतीमा मृत्युपछि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत सोमबार मृत्यु भएकी १८ वर्षीया युवतीको स्वाब संकलन गरी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

सुरुमा पखाला लागेर त्यसपछि अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।

मेडिकल कलेजमा स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएको हो ।

उनी पर्साको पोखरिया बस्दै आएकी थिइन् । योसँगै कोरोना संक्रमणबाट पर्सामा मात्र १३ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds