लमजुङ – मन्दिरमा पूजा गर्न जाने क्रममा तुइन चुडिँएर खोलामा खस्दा एक महिला बेपत्ता भएकी छन् ।
जिल्लाको दोर्दी गाउँपालिका वडा नं -६ कर्तिबेसी स्थित दोर्दी खोलाको तुइन चुडिँएर खोलामा खस्दा स्थानीय ३२ बर्षकी फुलमाया गुरुङ बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
प्रहरीका अनुसार फुलमाया सहित सोही स्थान बस्ने बर्ष १७ का किशोर विकास घले सोमबार दिउँसो खोला पारी जलदेवी मन्दिरमा पूजा गर्न जाने क्रममा तुइन चुडिँएर उनीहरुलाई बगाएको हो । तुइन चुडिँएर खोलामा खसे लगत्तै स्थानीयले गरेको उद्दारमा विकास भने बाँच्न सफल भएका छन । उनी स्थानीय मेडिकलमा सामान्य उपचारपछि घर फर्किएका छन् । खोलामा बगेर बेपत्ता भएकी फुलमायाको खोजीकार्य चलिरहेको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित खबर
लेकबाट बेसी झर्न थाले भेडाका बथान
सुत्केरी व्यथा लागेको २० घण्टापछि हेलिकप्टरमार्फत् महिलाको उद्धार
गण्डकीमा स्वास्थ्य सुधारका सय कार्यक्रम योजनाबद्ध रुपमा अघि बढिसकेको छ – मन्त्री पाठक
लमजुङको मकैडाँडमामा जीप दुर्घटना हुँदा २२ घाइते
लमजुङको दूधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष छुपीमायाको निधन
लमजुङमा हँसिया प्रहार गरी बुबाले गरे छोराको हत्या
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते