पोखरा । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ११ कालीकोट स्थायी घरभई हाल पोखरा ८ अनुपममार्गमा वस्दै आउनु भएकी खुमकुमारी थापाले आफ्नो गाउँका कोरोना पिडित दाजुभाई तथा दिदिबहिनीहरुलाई आईतबार राहत वितरण गर्नुभएको छ ।
वैदेशिक रोजगारको सिलसिलामा युके तथा अष्ट्रेलियामा रहेका छोराछोरीहरुले पठाएको रकमले शुक्लागण्डकी -११ कालीकोटका २० घर परिवारलाई राहत वितरण गर्नुभएको हो । राहतमा चामल ३० केजीको १ वोरा, २ केजी दाल, २ केजी नुन, १ केजी चिनी, लुगा धुने साबुन ६ पिस, नुहाउने साबुन १ थान र चिया पत्ती १ वट्टाको दरले वितरण गर्नु भएको हो ।
सोही अवसरमा कालीकोटमा रहेको कालीका आमा समुहलाई पनि २० हजार आर्थिक सहयोग प्रदान गर्नुभएको थियो । आमा समुहकी अध्यक्ष ज्याम कुमारी थापालगाएतको समुहलाई उक्त रकम हस्तान्तरण गर्नुभएको थियो ।
वडा नंं. ११ का अध्यक्ष दलबहादुर थापाले विदेशको भूमीमा रहेर सहयोग पठाउने तथा नेपालमा रहेका सामाजिक कार्यमा सक्रिय थापा परिवारलाई आभार व्यक्त गरेका थिए ।
सम्बन्धित खबर
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ