जिल्ला जिल्लामा लकडाउन र निषेधाज्ञा जारी, देश लकडाउन २ तर्फ मोडिदै

जिल्ला जिल्लामा लकडाउन र निषेधाज्ञा जारी, देश लकडाउन २ तर्फ मोडिदै

Lockdown

जिल्ला जिल्लामा लकडाउन र निषेधाज्ञा जारी हुनुले देश फेरि लकडाउन २ को अवस्थामा जाने हो कि भन्ने चिन्ता छाइरहेका बेला चिकित्सक एवं स्वास्थ्य विज्ञहरूले १५ देखि २१ दिनसम्म कफ्र्युकै मोडेलमा लकडाउनको माग गरिरहेका छन् ।

काठमाडौंमा दैनिक ३० भन्दा बढी कोरोना संक्रमित फेला पर्दै गएका छन् । यही ढंगले संक्रमित बढ्दै जाने हो भने केही समयपछि काठमाडौं उपत्यकामा सबैभन्दा बढी चपेटामा पर्ने निश्चित छ । किनभने काठमाडौंको जनघनत्व धेरै छ ।

४० लाखभन्दा बढी मानिस काठमाडौंमा बस्दै आएका छन् । त्यसैले पनि दैनिक संक्रमित बढ्दै गएपछि उपत्यकावासी त्रसित बन्दै गएका हुन् । उपत्यकामा दिनदिनै संक्रमित बढे पनि सरकार भने मौन छ ।

अहिले पर्सा, बारा, धादिङ, बाँके, सप्तरी, मोरङ जिल्लामा अत्यधिक कोरोना संक्रमित देखिएको छ । झापामा लकडाउन, विराटनगरमा लकडाउन, बाँकेमा लकडाउन, वीरगन्जमा निषेधाज्ञा, उपत्यका ट्राफिक प्रहरी कार्यालय सिल, नेपाल प्रहरी प्रधान कार्यालय सिलको अवस्था छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ