पोखराका १ सहित कास्कीका ६ जनामा कोरोना पुष्टि

पोखराका १ सहित कास्कीका ६ जनामा कोरोना पुष्टि

Corona update 3

पोखरा । पोखरामा १ सहित कस्किमा थप ६ जनामा कोरोना पुष्टि स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

पोखरा महानगरपालिकाको ६२ वर्षीय पुरुष, रुपा गाउँपालिकाको ३१, २५, ३३  वर्षीय पुरुष र २१, २३  वर्षीय महिलसहित कास्कीमा थप ६ जनामा कोरोना पुष्टि निर्देशनालय गण्डकीले जनाएको छ ।

साथै गण्डकी प्रदेशमा नयाँ थपिएका संक्रमितमा तनहुँका २ जना, स्याङ्जाका ८ जना, लमजुङका ३ जना, बागलुङका १ जनारहेका छ्न ।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५०५ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप नयाँ २० जना संक्रमित भेटिएका हुन ।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १२४५ पुगेको व्यहोरा समेत अनुरोध छ ।

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना पुष्टि, गण्डकीमा संक्रमितको संख्या १५०५ पुग्यो

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ