पोखरेली थप सचेत बन्नुपर्ने: ट्राभल हिष्ट्री नभएकामा देखियो कोरोना

पोखरेली थप सचेत बन्नुपर्ने: ट्राभल हिष्ट्री नभएकामा देखियो कोरोना

Pokhara Lakeside Phewa Fewa

पोखरा– पोखरामा कोरोना संक्रमणको अवस्था हेर्दा खतरा बढ्दै गएको छ । पोखरा महानगरपालिकामा एक ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । जसको ट्राभल हिस्ट्री नै छैन ।

पोखरा १९ का ति ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले जानकारी दिए ।

स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल जाँदा कोरोना देखिएको र संक्रमितलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको उनले बताए ।

संक्रमित स्थानीय नै भएको र उनको कुनै ट्राभल हिष्ट्री नभएपछि समुदाय स्तरमै संक्रमण फैलिएको विश्वास गर्न सकिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds