पर्वत – पर्वत र बागलुङ जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि बनेको झोलुङ्गे पुल शुक्रवारदेखि औपचारिक रूपमा सञ्चालन भएको छ।
कुस्मा नगरपालिका १ पाङका वडाध्यक्ष देवेन्द्र सुवेदीका अनुसार निर्माण सम्पन्न भएको तीन महिना पछि सर्वसाधारणका लागि शुक्रवारदेखि आम नागरिकलाई पर्वत बागलुङ आउजाउ गर्ने गरी सञ्चालनमा आएको हो।
पाङकोअदुवाबारीदेखि बागलुङको बागलुङ नगरपालिका १ रामरेखा जोड्ने झोलुङ्गे पुल वैशाखको शुरुमै निर्माण सम्पन्न भए पनि हाल सम्म सञ्चालनमा आएको थिएन।
लकडाउन हटेसँगै निर्माण कम्पनीले पुल हस्तान्तरण गरेको हो।
अब दुवै जिल्लाले शुक्रवारदेखि झोलुङ्गे पुलमा ओहोरदोहोर गर्न पाउने गरी सबैका लागि खुल्ला गरेका हुन्।
५ सय ७६ मिटर लामो पुल निर्माण नेपालमै पहिलो पटक निर्माण गरिएको हो। २०७६ फागुनमै सक्ने भनिएको पुल दुई वटा राजमार्ग माथिबाट लट्ठा तान्दा समय लागेको थियो।
निर्माण कम्पनीले पर्वत र बागलुङ तर्फका दुवै राजमार्गमा रोकावट नहुने गरी चिनियाँ प्रविधिको औजारले लट्ठा तानेको थियो।
पुलले एक पटकमा ६ सय १२ जना (८५ मेट्रिक टन) धान्न सक्ने गरी क्षमता राखिएको छ। यसले दुई जिल्लाको पर्यटन तथा आर्थिक विकासमा ठुलो टेवा पुग्ने अपेक्षा गरिएको छ।
पुल सञ्चालनमा आए पछि दुई जिल्लाका मात्रै नभएर बागलुङ र पर्वत हुँदै म्याग्दी, मुस्ताङ जाने पर्यटकहरूलाई समेत यसले आकर्षित गर्नेछ।
पुलबाट एक घण्टा बढी पैदल यात्राबाट पुग्न सकिने पाङ १० मिनेटमै पुग्न सकिनेछ।
सुरुमा १२ करोड २२ लाख लागत अनुमान गरिए पनि लट्ठा र लट्ठा तान्ने मेसिन मन्त्रालयले उपलब्ध गराएपछि ६ करोड ९१ लाखमा निर्माण सम्झौता भएको थियो।
सम्बन्धित खबर
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला