भारतीय नागरिकसहित वीरगन्जमा थप २ कोरोना संक्रमितको मृत्यु

भारतीय नागरिकसहित वीरगन्जमा थप २ कोरोना संक्रमितको मृत्यु

corona death

वीरगन्जमा कोरोनाभाइरसको संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । बिहिबार वीरगन्जमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको नारायणी अस्पतालका डाक्टर निरज सिंहले पुष्टि गरे ।

उनका अनुसार वीरगञ्जमा बस्दै आएका एकजना भारतीय नागरिक र वीरगंज महानगरपालिका वडा नम्बर १६ का एकजना पुरुषको मृत्यु भएको छ ।

डा. सिंहका अनुसार भारतीय नागरिक असार ७ गते अस्पताल भर्ना भएका थिए । उनको हिजो दिउँसो अक्सिजनको मात्रा शरिरमा कम भएपछि भेन्टिलेटरमा राखिएको थियो । भेन्टिलेटरमा उपचाररत उनको राति ११ बजे मृत्यु भएको हो ।

यस्तै अर्का मृत्यु भएका कोरोना संक्रमित वीरगंज महानगरपालिका वडा नम्बर १६ का ३५ वर्षीय पुरुष हुन् । साउन १३ गते निमोनिया भएर गण्डक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए । उनको हिजो ७ बजेर ४० मिनेटमा मृत्यु भएको हो ।

थप २ जनाको कोरोनाबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्न बाँकी रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds