बिना पास अर्को जिल्ला प्रवेशमा पुन: रोक लगाउन गृह मन्त्रालयको निर्देशन

बिना पास अर्को जिल्ला प्रवेशमा पुन: रोक लगाउन गृह मन्त्रालयको निर्देशन

Sawari Pass

पोखरा । बिना पास अर्को जिल्ला प्रवेशमा पुन: रोक लगाउन गृह मन्त्रालयको निर्देशन दिएको छ ।

गृहले बिहीबार सूचना जारी विना पास अन्तर जिल्ला सवारी आवागमन पूर्ण रुपमा बन्द गराउन सबै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयले रातको समयमा काठमाडौं प्रवेशमा रोक लगाएको छ ।

गृह मन्त्रालयले १५ साउनबाटै लागू हुने गरी साँझ ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेश नाकामा यात्रु आवागमनमा रोक लगाएको हो ।

उपत्यका बाहिरबाट आएका यात्रुहरुको स्वाब संकलन गरेर परीक्षण गर्दा २४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भए लगतै मन्त्रालयले यो कदम चालेको हो ।

हेर्नुहोस् गृह मन्त्रालयको सूचना :

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds