रहेनन् शिक्षाविद् प्रा.डा. राधेश्याम कायस्थ

रहेनन् शिक्षाविद् प्रा.डा. राधेश्याम कायस्थ

radheshyam-kayestha-photo

पोखराका शिक्षाविद प्रा.डा. राधेश्याम कायस्थको विहीवार निधन भएको छ । लामो समयदेखि दम रोगबाट ग्रसित कायस्थको ७८ वर्षको उमेरमा पोखरास्थित चरक मेरोरियल अस्पतालमा बिहान निधन भएको हो ।

स्वर्गीय कायस्थको विहीवार नै शान्तिघाटमा अन्त्येष्टि गरिएको थियो । स्व. राधेश्यामका श्रीमती लक्ष्मीमाया, दुई छोरा सञ्जीव र राजु कायस्थ र एक छोरी प्रतिमा श्रेष्ठ रहेका छन् ।

कायस्थ पोखराको नदीपुरस्थित न्यू ग्यालेक्सी उच्च माविका संस्थापक र प्रमुख संरक्षक थिए । पोखराबाट एमएस्सी पास गर्ने पहिलो व्यक्ति रहेका स्वर्गीय कायस्थ ३७ वर्ष सम्म लगातार पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन गरेका थिए ।

विद्यार्थीलाई आफ्नो सम्पत्ति र सन्तति ठान्ने स्वर्गीय कायस्थ आफ्नो जिवनको अन्तिम क्षण सम्म पनि शिक्षा क्षेत्रमा खटिनै रहे । उनी पोखरास्थित पृथ्वीनारायण क्याम्पसको सहायक क्याम्पस प्रमुख, विज्ञान संकायको डीन भएर सेवा गरेका थिए ।

पोखरा विश्वविद्यालयको सिनेटर सदस्य, फूलवारीस्थित माउण्ट अन्नपूर्ण स्कूलका क्याम्पस चिफ समेत रहेर काम गरेका स्वर्गीय कायस्थ विभिन्न मान, पदवी, सम्मानबाट सम्मानित भएका थिए ।

धेरै संघ संस्थामा आवद्ध भएर काम गरेका स्वर्गीय कायस्थ पोखराको शैक्षिक तथा विज्ञान क्षेत्रको विकासमा अतुलनीय योगदान रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ