तनहुँमा मास्क नलगाई हिड्ने १७२ जना प्रहरीको कारवाहीमा, जरिवाना १०० रुपैयाँ

तनहुँमा मास्क नलगाई हिड्ने १७२ जना प्रहरीको कारवाहीमा, जरिवाना १०० रुपैयाँ

Mask

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले मास्क नलगाई हिड्ने १७२ जनालाई कारवाही गरेको छ । कोरोना भाइरस (कोभिड-१९) को जोखिम कायमै रहेको र घरबाहिर निस्कदा अनिवार्य मास्क प्रयोग गर्न पटक-पटक अनुरोध गरे पनि उक्त अनुरोध अटेरी गर्नेलाई कारवाही गरिएको प्रहरीले जनाएको छ ।

बुधबार १०० जना र बिहिबार ७२ जनालाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मास्क नलगाई पैदल हिँड्ने र सवारी चलाउनेलाई कारवाही गरेर प्रतिव्यक्ति १०० रुपैयाँका दरले जरिवाना गराइएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

‘जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले पहिलो चरणमा मास्क प्रयोगका लागि सचेतना कार्यक्रम सञ्चालन गरेको थियो’, डिएसपी तिमिल्सिनाले भने, ‘तर उक्त अनुरोधलाई कार्यान्वयन नगरेको पाइएपछि बुधबारबाट कारवाही गर्ने अभियान शुरु गरेका छौँ ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालयको सक्रियतामा सञ्चालन गरिएको कारवाही अभियानमा कारवाहीमा परेकालाई कोरोना भाइरसको बारेमा पूर्णरुपमा जानकारी समेत गराइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ