पोखरा । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार ३८ जना थपिएसंगै प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ४७९ जना पुगेको छ ।
स्याङ्जामा ११, बाग्लुङमा ६, तनहुँमा ३, नवलपरासीमा १, कास्कीमा १४, लमजुङमा १ सहित गण्डकी प्रदेशका थप ३८ जनामा कोरोना पुष्टि देखिएको हो । ३८ जना संक्रमित मध्ये २ जना महिला र ३६ जना पुरुष रहेका छन् ।
कास्कीको पोखरा महानगरपालिकाका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पोखरा २ का २ जना र पोखरा १२ का १२ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुको स्वाब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परिक्षण गरिएको थियो ।
सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । यसैगरी, गण्डकी प्रदेशमा निको हुनेको संख्या १२३० पुगेको छ ।
सम्बन्धित खबर
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
सफल फेमिली मिल्क बजारमा, ‘ढुक्क भई पिऔँ, इम्यूनिटी बढाऔँ’
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते