दाङ – अविरल वर्षापछि खोलाहरूमा आएको बाढीले दाङमा दुई वटा एम्बुलेन्स बगाएका छन्। घोराही उपमहानगरपालिका वडा नं. ११ स्थित हापुर खोलाले गएराति रा १ च ८१२ नम्बरको एम्बुलेन्स बगाएको हो।
बिरामी बोकेर घोराहीबाट तुलसीपुरतर्फ गुडिरहेको उक्त एम्बुलेन्स करिब २० मिटर तलसम्म पुगेको हो ।
बुधबार बिहान सात बजेतिर मात्रै एम्बुलेन्स क्रेनको सहायताले निकालिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले बताए।
गाडीमा चालकसहित ४ जना मात्रै रहेको र सबै सकुशल रहेको उनले जानकारी दिए।
त्यस्तै, बुधबार बिहान करिब साढे २ बजेतिर घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ त ८११ नम्बरको एम्बुलेन्स घोराही ४ स्थित सिस्ने खोलाले बगाएको छ।
करिब १५ मिटर तल पुगेको उक्त एम्बेलेन्समा ६ जना सवार रहेको र उनीहरू सबै सकुशल रहेको डिएसपी खड्काले बताए।
स्थानीय र प्रहरीको सहयोगमा उनीहरूको उद्धार गरिएको प्रहरीले बताएको छ।
तुलसीपुर–घोराही– लमही सडक खण्डमा पानीमुनि निर्मित कचवेका कारण खोलाहरूमा बाढी आउँदा जोखिमयुक्त यात्रा गर्नुपर्ने अवस्था छ।
सम्बन्धित खबर
राष्ट्रपति पौडेल अस्पतालमा भर्ना
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
नेपाल र चीनबीच ८ विषयमा पारस्परिक सहयोगसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर
स्थानीय तह उपनिर्वाचन: सबै स्थानको नतिजा सार्वजनिक
पाठेघरको मुखको क्यान्सर रोकथामका लागि फागुन महिनाभर साढे २ लाख महिलाको परीक्षण गरिने
आज ३३औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै
यो पनि पढौँ
पोखरामा ट्रकको ठक्करबाट सामाजिक अभियन्ता गिभिना मगरकी आमाको मृत्यु
गिभिनालाई मातृ र भातृशोकः आमा गुमेकै रात भाइ पनि रहेनन्
भारतबाट पहिलोपटक जहाज आयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा
पोखरामा मोटरसाइकल चोरी गरी पाटपुर्जा झिकेर बिक्री गर्ने युवक पक्राउ