पिसाव पोल्ने समस्याले हैरानमा हुनुहुन्छ ? अपनाउनुहोस् यी घरेलु उपायहरु

पिसाव पोल्ने समस्याले हैरानमा हुनुहुन्छ ? अपनाउनुहोस् यी घरेलु उपायहरु

urine

कहिलेकाही हाम्रो पिसाब खुलेर नआउने हुन सक्छ । पिसाव कम आउने वा पिसाव पोल्ने पनि समस्या हुने गर्छ । यस्तो अवस्था विभिन्न कारणले हुने गर्दछ ।

यदि तपाईले कुनै औषधिको सेवन गर्नु भएको छ भने पनि पिसाब पोल्ने गर्छ । त्यस्तै कुनै यौन रोग तथा पत्थरीका कारण पनि पिसाब पोल्छ । यस्तो अवस्थामा केही घरेलु उपायले यस्तो समस्या समाधान गर्न सकिन्छ ।

कहिलेकाही शरिरमा पानीको कमि भयो भने पनि पिसाब पोल्ने गर्छ । त्यसैले प्रशस्त पानी पिउनुपर्दछ । पिसाब पोलेमा गाजरको रस बिहान बेलुका एक एक गीलास पिएमा ठिक हुन्छ ।

त्यस्तै हर्रो बर्रो र अमला चूर्णं एक गिलास पानीमा मिसाएर बिहान बेलुका पिएमा पनि पिसाब पोल्न कम हुन्छ । मेथीको साग र फलफुलमा आलुवखरा,अंगुर पाकेको आँपको रसको सेवनले पनि पिसाव पोल्न कम हुन्छ ।

आपको सेवन एक हप्तासम्म दिनको दुई वटा सेवन गरेमा पनि यस्ता समस्या कम हुन्छ । त्यस्तै नरिवलको पानी सेवन गरेमा पनि पिसाब पोल्न कम हुन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds