तनहुँ। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको सडक खण्ड फेरि अवरुद्ध भएको छ । बन्दिपुर-१ नाहालामा भासिएको सडकको मर्मत सम्पन्न भएर राजमार्ग सुचारु हुने बित्तिकै भोलिपल्टै फेरि आँबुखैरेनी सडकखण्ड पहिराका कारण बिहानदेखि अवरुद्ध भएको छ ।
आँबुखैरेनी-मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरामा सुक्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो । गत महिना असार ८ गते राति पनि ऐनापहरामा सुक्खा पहिरो खसेको थियो । सडकभन्दा माथिको डाँडाबाट ढुङ्गा खसेपछि राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
पहिरो पन्छाएर राजमार्ग पुनः सञ्चालन गराउने काम भइरहेको जनाइएको छ । राजमार्ग अवरुद्ध भएपछि सर्वसाधारण बीच बाटोमै रोकिएका छन् । सवारी पास हन नसक्दा लामो जाम भएको छ ।
– फाइल तस्विर
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम