पोखरा – पछिल्लो अद्यावाधिक विवरण अनुसार गण्डकीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशका चार जिल्लामा थप ५ नयाँ संक्रमित भेटिएका हुन् ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा स्याङ्गजा पुतलीबजार नगरपालिकाका ३६ बर्षीय पुरुष, बाग्लुङ काठेखोला गाउँपालिकाका २३ बर्षीय पुरुष, तनहुँ भिमाद नगरपालिकाका ३७ बर्षीय पुरुष सहित म्याग्दी मालिका गाउँपालिकाका ३४ बर्षीय पुरुष र अन्नपूर्ण गाउँपालिकाका ३५ बर्षीय पुरुषमा कोरोना पोजेटिभ भेटिएको निर्देशनालयका प्रमुख विनोद विन्दु शर्माले जानकारी दिए ।
संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । यो संगै गण्डकीमा कोरोना संक्रमितको संख्या १४३५ पुगेको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ