पूर्वरथी खड्का रहेनन्, जो प्रधानसेनापति नियुक्त भए तर कार्यभार सम्हाल्न पाएनन्

पूर्वरथी खड्का रहेनन्, जो प्रधानसेनापति नियुक्त भए तर कार्यभार सम्हाल्न पाएनन्

kul bahadur khadka

नेपाली सेनाका पूर्वरथी कुलबहादुर खड्काको ६८ वर्षको उमेरमा निधन भएको छ । प्यान्क्रियाजको क्यान्सरबाट पीडित खड्काको मंगलबार थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी केही वर्षदेखि प्याङ्क्रियाज क्यान्सरसँग जुधिरहेका थिए ।

खड्का २०६६ सालमा भएको कट्वाल प्रकरणमा जोडिएका चर्चित पात्र समेत हुन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०६६ सालमा खड्कालाई प्रधान सेनापति नियुक्त गरे पनि तत्कालिन राष्ट्रपति डा. रामवरण यादवको हस्तक्षेपपछि उनले कार‍्यभार सम्हाल्न पाएका थिएनन् । सोही काण्डमा प्रचण्डले प्रधानमन्त्री पदबाटै राजीनामा दिएका थिए ।

खड्काले ३९ वर्षसम्म नेपाली सेनाका विभिन्न पदमा रहेर काम गरे । २०६६ सालमै सेनाबाट अवकाश पाएपछि उनी सामाजिक कामहरुमा सक्रिय थिए । खड्काको मंगलबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको एक छोरा र एक छोरी छन् ।

 अस्पताल स्रोतका अनुसार स्वास्थ्य अवस्था बिग्रेपछि उनलाई गत बिहीबार अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds