सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि भैइरहेको छ । कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि अप्रत्याशितरूपमा बढेको छ । गत शुक्रबार प्रतितोला ९५ हजार ८०० मा कारोवार भएको पहेँलो धातुमा आज दुई हजार ४०० ले वृद्धि भएको छ ।
आज बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार २०० कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य ९७ हजार ७६० निर्धारण गरिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज एक तोला चाँदीको मूल्य एक हजार २४५ कायम भएको छ ।
कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० ले बढेर ८७ हजार पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते