कोरोना संक्रमणबाट थप एकको मृत्यु, कुल संख्या ४९ पुग्यो

कोरोना संक्रमणबाट थप एकको मृत्यु, कुल संख्या ४९ पुग्यो

corona death

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना भाइरस संक्रमणबाट बझाङका ६५ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार उनी दमका रोगी थिए।

सोमबार मात्र स्वास्थ्य मन्त्रालयले ३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि गरेको थियो। यस्तै मंगलबार ३११ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। मन्त्रालयका अनुसार कोरोनाका सक्रिय बिरामीको संख्या ५ जहार १ सय ३९ पुगेको छ। पछिल्लो २४ घन्टामा १२१ जनाले कोरोना जितेर घर फर्किएसँगै कोरोना जित्नेको कुल संख्या १३ हजार ८७५ पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ