काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या १९ हजार ६३ पुगेको छ । त्यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार १२९ रहेको छ ।
पछिल्लो २४ घण्टामा १२१ जना कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । यससँगै कोरोना सङ्क्रमण जितेर घर फर्कनेको सङ्ख्या १३ हजार ८७५ पुगेको छ । जुन कूल सङ्क्रमितको ७२.८ प्रतिशत हो ।
मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार हाल क्वारेन्टिनमा बस्नेको सङ्ख्या १५ हजार ३३१ जना रहेको मन्त्रालयका प्रवक्ता डा.गौतम जानकारी दिए । हालसम्म सङ्खुवासभा, भोजपुर, रसुवा, मनाङ र मुस्ताङमा कोरोनाका सक्रिय सङ्क्रमित नरहेको उनले बताए । यसैगरी नेपालमा कोरोनाबाट संक्रमणबाट हालसम्म ४९ जनाको मृत्यु भएको छ ।
सम्बन्धित खबर
हिरासतमा रहेका रविमाथि अदालतको चार पक्राउ पुर्जी
आजबाट शुल्क तिरेर धरहरा चढ्न पाइने
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ