नेकपाको आजका लागि डाकिएको स्थायी कमिटी बैठक नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा भएको बैठक अनौपचारिक छलफलमै सकिएको छ। आज बिहान ११ बजेका लागि डाकिएको स्थायी कमिटी बैठक ओलीले प्रचण्ड बालुवाटार नपुग्दै स्थगित गरेका थिए ।
प्रचण्डले नेताहरूलाई ब्रिफिङ गर्दै ओलीले आफूलाई पार्टीको एकल अध्यक्षजस्तो ठानेको बताएका छन् । केही समयका लागि मात्र चलेको बैठकलाई अध्यक्ष दाहालले स्थायी समिति बैठकभन्दा पनि नेकपाका बहुमत स्थायी समिति सदस्यहरुको अनौपचारिक छलफलमात्र रहेको बताएका थिए। बैठकमा दाहाल र नेपाल पक्षका २५ भन्दा बढी स्थायी समिति सदस्य सहभागी थिए।
प्रधानमन्त्री ओलीलाई बालुवाटारमै भेटेर फर्केपछि अध्यक्ष दाहालले बैठकको अनौपचारिक सुरुवात गरेका थिए। बैठकका क्रममा उनले आफूले प्रधानमन्त्री ओलीलाई भेटेको उल्लेख गर्दै पार्टीभित्र संकट रहेको र सबै जना समाधानमा लागिरहेको बताए।
उनले स्थायी समिति सदस्यहरुलाई उत्तेजित नहुन आग्रह गरेका थिए। बैठकमा उनले भने, ‘हामी उत्तेजित नहोऔँ, पार्टी फुटेर कसैलाई फाइदा गर्दैन।’ प्रचण्डले उपस्थित नेताहरूलाई आज भएको भेलालाई बैठक भन्न नमिल्ने तर बैठक बस्नका लागि समझदारी गर्नुपर्ने बताएका थिए । उनले दुर्घटना रोक्न बैठक रोक्नुपरेको समेत बताए ।
उनले बिफिङका क्रममा भने, ‘स्थायी समितिको बैठक त भन्न मिलेन । तर, बैठक बस्नका लागि केही समझदारी गर्नुपर्ने देखियो । ओलीले एकल अध्यक्ष जस्तो ठान्नु भो । यसलाई आज बैठक माने दुर्घटना हुन्छ । त्यसैले अब पूर्ण बैठकका लागि गृहकार्य गरौँ ।’
योगेश भट्टराईले भने– नेकपा दुर्घटना नजिक देखियो
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पर्यटनमन्त्री योगेश भट्टराईले पार्टी दुर्घटना दुर्घटना उन्मुख रहेको बताएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक स्थगित गर्दागर्दै इतर समूहले बैठकलाई निरन्तरता दिएपछि भट्टराईले यस्तो बताएका हुन् ।
‘दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔँ । सल्लाह गरौं’ भट्टराईले ट्वीटरमार्फत भनेका छन् ।
दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔ । सल्लाहा गरौ ।
— Yogesh Bhattarai (@yogesbhattarai) July 28, 2020
नेकपाभित्र विवाद उग्र बन्दा ओली इतर समूहले स्थायी समिति बैठकलाई निरन्तरता दिएको छ । बिहान प्रधानमन्त्री ओलीले बैठक स्थगित गरेको भएपनि त्यसलाई अस्वीकार गर्दै इतरसमूहले बैठकलाई निरन्तरता दिएको हो ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम