दश दिनका लागि स्याङ्जा सिल !

दश दिनका लागि स्याङ्जा सिल !

syanja

स्याङ्जा ।  । सुरक्षाकर्मीमा कोरोना भाइरसको सङ्क्रमण भेटिएपछि समाजमा कोरोना भाइरस फैलिन नदिन  स्याङ्जा जिल्ला दश दिनको लागि सिल गरिएको छ । अत्यावश्यक सेवाबाहेक पूर्ण रुपमा बन्देज गरिएको हो ।

कोभिड क्राईसिस म्यानेजमेन्ट सेन्टरले जनताको सुरक्षामा खटिएका प्रहरी प्रमुखसहित २१ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएपछि जिल्ला बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिए ।

प्रहरी प्रमुखसहित सुरक्षाकर्मी जिल्लाको धेरै ठाउँमा पुगेको र सम्पर्कमा आएकाले प्रभावको हिसाबले पुतलीबजार धेरै जोखिम देखिए पनि समुदायमा पूर्ण रुपले फैलिन नदिन अत्यावश्यकबाहेक सेवाहरू बन्द गरिएको क्षेत्रीले बताए ।

कोरोना सङ्क्रमित प्रत्यक्ष सम्पर्कमा आएकाको स्वाब लिइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds