अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका उपाध्यक्ष बामदेव गौतम प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपीतिर लागेका छन् ।
यससँगै ९ सदस्यीय सचिवालयमा अब प्रचण्ड-नेपाल पक्षका ५ र ओली पक्षमा चार नेता भएका छन् । तर ओली पक्षले भने गृहमन्त्री रामबहादुर थापा पनि यता रहेको दाबी गरेका छन् । यसो भएमा नेकपा सचिवालयमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीको पक्षमा बहुमत पुग्नेछ । तर, थापा भने ओलीतिर नरम देखिएपनि ओलीको कार्यशीलीले आजित भएर अब समृद्धिको यात्रा ओली नेतृत्वमा नहुने बताइसकेका छन् ।
विगतमा ओलीलाई पार्टी अध्यक्ष बनाउनेदेखि संसदीय दलको नेता बनाउनसम्म गौतमले साथ दिए । र, उनको साथले नै ओलीले यी पदहरु पाए । गौतमलाई भने ओलीले हिँस्स बुढी खिस्सँ दात जस्तो बनाइरहेका छन् । पछिल्लो क्रममा ओली आफैले अध्यक्षता गरेको बैठकले गरेको निर्णय समेत ओलीले आफै मान्दिन भनेर गौतमलाई फेरि हिस्स बनाए । उनलाई राष्ट्रियसभा सदस्य बनाउन ओलीले नै तगारो लगाए । तर पनि गौतमले ओलीमा माया मार्न सकेका छैनन् ।
गौतमले पार्टी नेताहरुसामू ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको अवधीभर प्रधानन्त्रीको जिम्मेवारीमा राख्ने प्रस्ताव अघि सारेका छन् ।
प्रचण्डलाई एकता महाधिवेशसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारी दिने र पार्टीको एकता महाधिवेशन सहमतिमा गर्ने गौतमको प्रस्तावमा उल्लेख छ । गौतमले पार्टीको बिग्रह रोक्नका लागि भन्दै अघि सारेको प्रस्ताव प्रधानमन्त्री ओलीले लिँदै आएको अडान हो ।
नेकपा एक नेताका अनुसार गौतमले ६ बुँदे यो प्रस्ताव औपचारिक बैठकमा नराखेको तर नेताहरुलाई दिएको स्वीकार गरेका छन् । गौतमको सचिवालयले पनि यो आधिकारिक रहेको भनिसकेको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम