क्वारेन्टिनमा आत्महत्या गरेका पुरुषमा काेराेना पाेजेटिभ

क्वारेन्टिनमा आत्महत्या गरेका पुरुषमा काेराेना पाेजेटिभ

File Photo

बर्दिया – ठाकुरबाबा नगरपालिका ४ सैनवारमा क्वारेन्टिनमा आत्महत्या गरेका पुरुषकाे कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

अछाम घर भएका ४३ वर्षीय पुरुष भारतबाट साउन ९ गते बर्दियाको भुरिगाउँस्थित आफन्तकहाँ आएका थिए । आफन्तले क्वारेन्टिनमा बस्नु पर्ने भन्दै प्रहरीलाई खबर गरेपछि उनलाई प्रहरीले पाँच दिनअघि क्वारेन्टिनमा  लगेको थियो ।

आइतबार राति उनले ओछ्याउने तन्नाको पासो लगाई आत्महत्या गरेका थिए । उनी मानसिक समस्याको बिरामी रहेको पनि प्रहरीले जनाएको छ । कोरोना पुष्टी पश्चात अहिले नेपाली सेनाको टोलीले उनको शव व्यवस्थापन गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ