पोखरा, माघ १६ । पोखराको मालेपाटनमा सार्वजनिक बिदाको दिन पोखरा लेखनाथ महानगरपालिकाको मोटरसाईकल दुर्घटना भएको छ । जिन्सी शाखामा काम गर्ने अस्थायी कर्मचारी हरी बराल बरालले मापसे गरी मोटरसाइकल चलाउँदा अनियन्त्रित भई दुर्घटना भएको हो ।
पोखरा लेखनाथ महानगरपालिकाका जिन्सि शाखामा कार्यरत बरालले मंगलबार बेलुका करिब ७ः१५ बजे पोखरा ५ मालेपाटनमा ग ११ प ५२४ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्थानिय बिष्णु थापा घाइते भएका हुन । प्रहरीले पुम्दी भुम्दी २२ का २१ बर्षीय कर्मचारी बराल र मोटरसाईकललाई नियन्त्रणमा लिएको छ ।
२३ बर्षीय घाईते थापालाई मोटरसाईकलले ठक्कर दिदा नाकबाट रगत समेत बगेको स्थानियले जनाए । प्रहरीका अनुसार घाइते दुबैको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
रक्सी पिएर ग १ ब २५६ नम्बरको सरकारी मोटरसाईकल चलाएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । बरालले मापसे गरेको पुष्टि भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मोटरसाईकल चालकलाई बैदाम प्रहरीले नियन्त्रणमा राखेको छ । सरकारी गाडी लिएर ब्यक्तिगत काममा हिड्ने पोखरामा पहिलेदेखि कै समस्या हो ।
सम्बन्धित खबर
फेवातालको बीच भागमा अलपत्र परेका दुुई जनाको उद्धार
तातोपानी कुण्डमा स्नान गर्न लाग्न थाल्यो भिड
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
धवलागिरिको चुचुरो चुम्न १६७ मिटर बाँकी रहँदा अस्ताएका अनुभवी आरोही
आँबुखैरेनीका महिला सयपत्री उत्पादनमा
पोखराको होटलमा जुवा खेलिरहेका ६ जना पक्राउ
यो पनि पढौँ
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
दशैंमा तनहुँ ससुराली आएका ज्वाईंको मादीले बगाएर मृत्यु