काठमाडौं । मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले आजदेखि भारी वर्षाको सम्भावना भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहने तथा अरब सागरबाट समेत पर्याप्त जल वाष्पयुक्त हावा भित्रिने सम्भावना देखिएकोले आज रातिबाट भारी वर्षा हुने सम्भावना रहेको छ ।
नेपालमा मनसुन सक्रिय भई वर्षा ३र४ दिनसम्म देशको धेरै जसो स्थानहरुमा हल्का देखि मध्यम बर्षा र केहि स्थानहरुमा भारी बर्षा हुन सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।
सम्बन्धित खबर
बाढीपीडितलाई चिन्ता : जाडो सुरू भयो, अब कहाँ बस्ने ?
ओली सरकारको १०० दिनका उपलब्धि: सहकारी ठगीमा संलग्नमाथि कारबाहीदेखि कन्सर्टसम्म (पूर्णपाठ)
भिड जम्मा पारेर अदालतलाई प्रभावित पार्ने चेष्टा नगर्न रास्वपालाई ७ दलको आग्रह
कांग्रेस-एमाले मिलेर बनेको सरकार ढाल्ने सपना नदेखे हुन्छ : प्रधानमन्त्री ओली
रास्वपाले न्यायिक प्रक्रिया प्रभावित पार्न खोज्योः कांग्रेस
संघीय अस्पतालमा रेडियोलोजी रिपोर्ट डिजिटल गर्ने
यो पनि पढौँ
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
आजदेखि लाइसेन्स बोक्न नपर्ने, मोबाइलबाट ट्राफिकले कारबाही गर्न सक्ने
पर्यटन व्यवसायी मिश्रको डेंगु संक्रमणबाट निधन
स्याङ्जामा पूर्वसैनिकको घरमा सकेट बम विष्फोट, पुरी घाइते