स्याङ्जाका युवक कोरोनाका कारण साउदीमा मृत्यु

स्याङ्जाका युवक कोरोनाका कारण साउदीमा मृत्यु

corona death

स्याङ्जा – कोरोना सङ्क्रमणका कारण स्याङ्जाका एक युवकको साउदी अरबमा ज्यान गएको छ ।

साउदी अरबको दमाम सेन्ट्रल अस्पतालमा ३५ दिनदेखि कोरोनाको उपचार गराइरहेका गल्याङ नगरपालिका-८ का रोशन श्रेष्ठको ज्यान गएको एनए मिडियाका जनसम्पर्क निर्देशक बालकृष्ण पङ्गेनीले जनाएको छ ।

श्रेष्ठ नेपालमा लकडाउन हुनुभन्दा एक दिनअघि साउदी पुगेको थियो । श्रीमतीसहित साउदीमा बस्दै  श्रेष्ठ बिदामा घर आएपछि श्रीमतीलाई काठमाण्डौ मै छोडेर साउदीतर्फ उडेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ