हिलोमा फसेको ट्रकलाई निकाल्न सहयोग गर्दा करेन्ट लागेर एकको मृत्यु

हिलोमा फसेको ट्रकलाई निकाल्न सहयोग गर्दा करेन्ट लागेर एकको मृत्यु

current

ताप्लेजुङ – ताप्लेजुङमा गुडिरहेको ट्रकमा बिजुलीको तारले छुँदा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । ज्यान जानेमा २७ वर्षीय विकास सुनुवार रहेका छन् ।

ताप्लेजुङको दोभान बजारबाट झापाको बिर्तामोडतर्फ फर्कंदै गरेको मे १ख १८६५ नम्बरको ट्रक निकाल्न सहयोग गर्ने क्रममा बिजुलीको तारमा छोइएर करेन्ट लागेपछि जिप चालक सुनुवारको ज्यान गएको हो । ११ हजार भोल्ट विद्युत प्रवाह भएको तारमा ट्रक छोइएको थियो ।

घटनामा ट्रकका चालक अमृत श्रेष्ठ पनि घाइते भएको बताइएको छ । मे १ च ३०११ नम्बरको जिपमा यात्रु लिएर दोभान बजार जाँदै गर्दा हिलाम्मे सडकमा फसिरहेको ट्रकलाई निकाल्न सहयोग गर्दा करेन्ट लागेको थियो । ट्रकचालक श्रेष्ठ भने ढोकाबाट हामफालेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds