आज एकैदिन कोरोनाबाट २ जनाको ज्यान गयो

आज एकैदिन कोरोनाबाट २ जनाको ज्यान गयो

death-C

सांकेतिक तस्बिर ।

प्रदेश नम्बर २ मा कोरोनाबाट एकैदिन दुई जनाको मृत्यु भएको छ ।  धनुषाको प्रादेशिक अस्पतालबाट धरान रेफर गर्दा बाटोमै मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ आइतबार धनुषाको सहिदनगर नगरपालिका डुमरियाका ३८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

ज्वरोसहित स्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई शनिबार प्रादेशिक अस्पतालमा रहेको कोरोना विशेष अस्पतालको आइसोलेसनको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि उनलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा धरानमा रिफर गरिएको थियो । उनको बाटोमा मृत्यु भएको बताइएको छ ।

वीरगन्जस्थित नारायणी अस्पतालको गण्डक कोरोना विशेष अस्पतालमा बिहान मृत्यु भएका ६५ वर्षीय वृद्धमा कोरोना संक्रमण देखिएको छ ।

मधुमेह र मुटुका रोगी समस्या बढेपछि आईसीयूमा राखेर उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ती वृद्धको कोरोना पोजेटिभ आएको मेसु डा.मदन उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds