१८ अर्ब रूपैयाँकाे माेबाइल फाेन मात्रै आयात

१८ अर्ब रूपैयाँकाे माेबाइल फाेन मात्रै आयात

Mobile

काठमाण्डौ – गत आर्थिक वर्ष २०७६/०७७ मा ४३ लाख ६५ हजार गोटा मोबाइल सेट आयात भएको छ । सो परिमाणको मोबाइल सेट आयातको लागि नेपालबाट करिव १८ अर्ब रूपैयाँ बाहिरीएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

आव २०७५/०७६ मा ४२ लाख ७५ हजार मोबाइल सेट आयात भएको थियो। सो परिमाणको मोबाइल सेट आयातको लागि देशबाट १९ अर्ब रूपैयाँ बाहिरिएको छ ।

नेपाली बजारमा विश्वका विभिन्न देशबाट मोबाइल भित्रिने गरेको छ। ती मध्ये चीन, भेइतनाम, भारत लगायतका देशबाट बढी फोन आउने भन्सार विभागको तथ्याङ्क छ ।

मोबाइल आयात घटेपनि बजारमा मोबाइलले भने राम्रो बजार पाइरहेको छ । पछिल्लो समय मोबाइल प्रयोगकर्ता भने बढ्दै गएका छन्। ग्रामीण क्षेत्रसम्म दूरसञ्चार पूर्वाधार तथा सेवा पुग्न थाले पछि विकट क्षेत्रमा पनि मोबाइल सेवाको प्रयोग तीव्ररूपमा भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds