काठमाडौं, १५ माघ । काठमाडौंको दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको कहालीलाग्दो बलात्कारको चार दिनपछि खुलासा भएको छ ।
आफ्नो प्रेमीसँग बस्न ल्याण्डमार्क होटलमा पुगेकी एक युवती प्रेमी र उनका साथीको ‘ग्याङ रेप’को शिकार भएकी हुन् । घटना बिहीबार रातिको हो । तर, प्रहरीले यसलाई गुपचाप राख्दै आएको थियो । प्रहरीकै मिलेमतो देखिएपछि महानगरीय प्रहरी परिसर, काठमाडौंले अनुसन्धानका लागि सोमबार एसपी रामदत्त जोशीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेपछि यो घटना छताछुल्ल भएको हो । छानबिन समितिमा डिएसपीहरु बेलबहादुर पाण्डे, शिखर खनाल र बसन्त रजौरे तथा इन्स्पेक्टर अनिल अधिकारी सदस्य छन् ।
प्रहरी स्रोतका अनुसार, आफ्नो प्रेमीसँग ल्याण्डमार्क होटलमा गएको बिहीबार बास बसेकी ती युवतीलाई राति आएका प्रेमीका तीन जना साथीले सामूहिक बलात्कार गरेका थिए । बलात्कारपछि शुक्रबार बिहान ८ बजेतिर उनीहरुले युवतीलाई ट्याक्सीमा राखेर घर छाडिदिन ड्राइभरलाई पाँच सय रुपैँया दिएका थिए । तर, युवतीले रुवाबासी गर्दै आफू बलात्कृत भएकोले ‘घर होइन्, प्रहरी चौकी जाने’ भनेपछि ड्राइभरले कमलपोखरी प्रहरी चौकीमा पुर्याएका थिए ।
घटनास्थल दरबारमार्ग प्रहरीको क्षेत्रमा पर्ने भन्दै कमलपोखरी प्रहरी वृत्तले युवतीलाई दरबारमार्ग पठाएको थियो । दरबारमार्ग प्रहरीले होटलमा पुगी घटनाको बारेमा जानकारी पनि लियो । तर, पीडकलाई कारबाही गर्नुको सट्टा उल्टै मिलाउन लागेको तथ्य फेला परेपछि प्रहरी हेडक्वार्टरले एक्शन लिएको हो ।
बलात्कारमा संलग्न एक युवकको पहुँचको भरमा दरबारमार्ग प्रहरीले घटनालाई गुपचुप राखेको, युवतीलाई २० लाख रुपैयाँ बराबरको पसल खोलिदिने र ३० लाख नगदै दिने सर्तमा थामथुम पारिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । तर, घटना मिलाउँदा प्रहरीलाई पनि राम्रै लेनदेन भएको हुनसक्ने आशंका गरिएको छ ।
छानबिन समितिले दरबारमार्ग जस्तो ठाउँमा भएको जघन्य अपराधलाई लुकाउनुको कारण बारे पनि अनुसन्धान गर्ने भएको छ । यो घटना लुकाउन ल्याण्डमार्क होटलले समेत सहयोग गरेको प्रहरीको अनुमान छ ।
दैनिक नेपालबाट
सम्बन्धित खबर
आज र भोलि देशैभर भिटामिन र जुकाको औषधि खुवाइँदै
कीर्तिपुर जग्गाको साइनो ललिता निवाससँग छैन – शंकर पोखरेल
रास्वपा अनुशासन आयोगका उपप्रमुखले दिए पदबाट राजीनामा
भोलि र पर्सि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पौने दुई अर्ब रकम जम्मा
चोभारको आदिनाथ मन्दिरमा एक महिने मेला शुरु
यो पनि पढौँ
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
दशैंमा तनहुँ ससुराली आएका ज्वाईंको मादीले बगाएर मृत्यु