वीरगंज – शनिवार साँझ आरडीटी जाँचमा कोरोना पोजेटिभ देखिएका वीरगंजका एक व्यवसायीको मृत्यु भएको छ। वीरगंजको आर्दशनगरका ६५ वर्षीय बृद्धमा शनिवार साँझ वीरगंज हेल्थ केयर हस्पिटलको कोभिड युनिटमा आरडीटी परिक्षण गर्दा पोजेटिभ देखिएपछि उनलाई गण्डक अस्पतालमा शनिवार राति साढे ७ बजे भर्ना गरिएको थियो।
पहिलादेखि मुटु रोग र मधुमेहका बिरामी रहेको स्वास्प्रस्वासमा समस्या देखिएपछि उनको गण्डक अस्पतालमा राति भर्ना भएकोमा राति ११ बजे ईमर्जेन्सी वार्डमै भेन्टिलेटर व्यवस्थापन गरी उपचार भइरहेको थियो। आइतवार बिहान ६:१० मा उनको मृत्यु भएको गण्डक अस्पतालका संयोजक डा. उदयनारायण सिंहले बताए।
पर्सामा उनको स्वाब संकलन गरिएको र आज पीसीआर रिर्पोट आउने डा. सिंहले बताए । भारतीय नागरिक रहेका वृद्ध व्यापारी वीरगंजको आदर्शनगरमा व्यवसाय गर्दै आएका थिए। उनी एक सातादेखि शुरुमा नारायणी अस्पतालमा उपचार गराउँदै आएकोमा हाल ज्वरो, सुक्खा खोकी र श्वासप्रवासमा समस्या देखिएको उनको उपचारमा संलग्न डा निरज सिंहले जानकारी दिए।
सम्बन्धित खबर
‘पूर्णबहादुरको सारङ्गी’को २४ दिनको कमाई ४३ करोड ४० लाख
नेपाल प्रहरीका ८ जना एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस
दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम