गण्डक अस्पतालमा आरडीटी पोजेटिभ भएकी युवतीको मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

 गण्डक अस्पतालमा आरडीटी पोजेटिभ भएकी युवतीको मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

death body

वीरगञ्ज– आरडीटी परीक्षण पोजेटिभ देखिएकी एक युवतीको शुक्रबार निधन भएको छ। वीरगञ्ज महानगरपालिका निवासी अन्दाजी ३० वर्षकी ती युवतीको उपचारको क्रममा गण्डक अस्पतालमा निधन भएको हो।

अस्पतालका अनुसार ती युवतीको आरडीटी परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो।

वीरगञ्जकै हेल्थ केयर अस्पतालबाट रेफर भएर आएकी उनको उपचारको क्रममा आज मृत्यु भएको अस्थायी कोभिड विशेष अस्पताल गण्डकका कोओर्डिनेटर डाक्टर उदय नारायण सिंहले जानकारी दिए।

ती युवतीको पीसीआर रिपोर्ट आउन बाँकी रहेको डा। सिंहले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds