कास्की ट्राफिक कार्यालय भवनको मन्त्री र डिआईजीद्धारा अवलोकन

कास्की ट्राफिक कार्यालय भवनको मन्त्री र डिआईजीद्धारा अवलोकन

IMG_1662

पोखरा – कास्की जिल्ला स्तरीय जिल्ला ट्राफिक प्रहरी कार्यालयको नवर्निमाणाधिन भवनको अबलोकन गरिएको छ । गण्डकी प्रदेशका आन्तरीक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमान, गण्डकी प्रदेश प्रहरी प्रमुख घनश्याम अर्यालले संयुक्त रुपमा अवलोकन गरेका हुन ।

पोखराको पृथ्वीचोकमा र्निमाण गर्न लागिएको भवन अहिले अन्तिम चरणमा पुगेको छ । दुई करोड लागतमा निर्माण सम्पन्न हुन लागेको भवन र्निमाणका लागि नागरीकस्तरबाट थालनी गरिएको हो । तत्कालिन नगर विकास समितिद्धारा जग्गा उपलब्ध भएपछि समाजसेवी तथा व्यबसायी दिलिप श्रेष्ठको नेतृत्वमा निर्माण समिती बनाएर काम सुरु गरिएको थियो । अहिले ट्राफिक प्रहरी कार्यालय बसेको भवन जिर्ण बन्दै गएको छ भने आवासको लागि पनि समस्या भएको छ ।

प्रहरीहरु पानि चुहिने भवनमा बसीरहेको अवस्थामा सुबिधासम्पन्न भवन निर्माण गर्ने प्रयत्न रहेको र्निमाण समितिका संयोजक दिलिप श्रेष्ठले जानकारी दिए । भवन र्निमाणका लागि पोखरा महानगरपालिका लगायत बिभिन्न ब्याक्तिहरुले सहयोग गरेको निर्माण समितिका सल्लाहकार शिव बस्ताकोटीले सो अबसरमा जानकारी दिए । निर्माण सम्पन्न हुन अझै केही रकम अभाव भएको र यसका लागि सहयोगको अपेक्षा रहेको सदस्य सचिव शिब थापाले जानकारी दिए ।

भवन र्निमाणस्थलको अवलोकन पछि आन्तरीक मामिला तथा कानुनमन्त्री हरी बहादुर चुमानले प्रदेशले सकेसम्मको आर्थिक सहयोग गर्ने बताए । प्रदेश सरकार बनेपछि यस्ता कार्यहरुमा केही हदसम्म भएपनि काममा सहजता आएकोले भवन सम्पन्न गर्नका लागि आवस्यक स्रोतको खाजि गर्ने प्रतिबद्धता ब्यक्त गरे । आवश्यक पुर्बाधार बिना काममा पनि मनोबल नआउने भएकाले भवन र्निमाणमा खट्ने र सहयोग गर्ने प्रति उनले धन्यबाद दिए । प्रदेश प्रहरी प्रमुख डिआइजी घनश्याम अर्यालले प्रहरीको मनोबल उच्च राख्ने र आवस्यक पुर्बाधार र्निमाण गर्ने कुरामा आफु संधै सकारात्मक भएको र सोही अनुसार पहल जारी राख्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ