नेपालमा १४७ जना कोरोना संक्रमित थपिए, निको हुनेको संख्या १२ हजार ८४० पुग्यो

नेपालमा १४७ जना कोरोना संक्रमित थपिए, निको हुनेको संख्या १२ हजार ८४० पुग्यो

Corona update 4

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा १४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १४७ जना कोरोना संक्रमित थपिए बताए ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ । यस्तै बितेको २४ घण्टामा थप १५६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त रहनेको संख्या १२ हजार ८४० पुगेको छ ।

हाल देशमा सक्रिय संक्रमितको संख्या ५ हजार ३५८ रहेको छ । यसैबीच हाल ६ जिल्लाहरु पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ कोरोना संक्रमणमुक्त रहेका छन् ।

यस्तै उपत्यकाको संक्रमितमा भक्तपुरका २, काठमाडौंका ५ र ललितपुरका २ रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ