तनहुँ । पृथ्वी राजमार्ग अन्र्तगत तनहुँको बन्दिपुर गाउँपालिका ५ याम्पामा बुधबार राती ट्याक्टर दुर्घटना भएको छ । उक्त ट्याक्टर पल्टिँदा १ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परि १७ वर्षिय सुमन नेपालीको घटनास्थलमै मृत्यु भएको छ । तनहुँकै डुम्रेबाट याम्पा जाँदै गरेको ग १ त १२२४ नं को ट्याक्टर दुर्घटना भएको हो ।
दुर्घटनामा चालकसहित दुई जना सामान्य घाइते भएका छन् । घाइते हुनेहरुमा १७ वर्षिय चालक सुरेश नेपाली र किसान कोइराला रहेका छन् । चालक सामान्य उपचार पछि प्रहरी नियन्त्रणमा रहेका छन् ।
ट्याक्टर पहिरो गएको सडकबाट करिव ६० मिटर तल पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरेहेको इलाका प्रहरी कार्यलय भानुमुकाम डुम्रेका प्रहरी निरिक्षक जितेन्द्र श्रेष्ठले बताए ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम