अफ्रिकन हात्ती हजारको नोटबाट हट्यो, नेपाली जुम्ल्याहा राम-लक्ष्मण राखियो

अफ्रिकन हात्ती हजारको नोटबाट हट्यो, नेपाली जुम्ल्याहा राम-लक्ष्मण राखियो

one-thousand-note

नेपाल राष्ट्र बैङ्कले बुधबारदेखि बजारमा ल्याएको एक हजार रुपैयाँको नयाँ नोटमा नेपालमै जन्मिएको जुम्ल्याहा हात्तीको फोटो छ । अहिलेसम्म प्रयोग हुँदै आएको अफ्रिकन हात्तीको फोटो हटेको छ । हजारको नोटमा नेपाली हात्तीको फोटो राख्ने निर्णय राष्ट्र बैङ्कले आर्थिक वर्ष २०६९÷७० सालमै गरेको भए पनि बुधबारदेखि मात्रै नेपाली हात्तीको फोटोसहितको नयाँ नोट बजारमा आएको हो ।

हाल नोटमा समेटिएका दुई जुम्ल्याहा हात्तीका ०६५ सालतिर चितवनमा जन्मिएका हुन् । जुम्ल्याहा भएका कारण उनीहरूको नाम ‘राम–लक्ष्मण’ राखिएको थियो ।

पाँच सय रूपैयाँको नोटमा बाघको फोटो थियो । तर, त्यो बाघ पनि नेपालमा पाइने बाघ थिएन । त्यसको पुच्छर साइबेरियन हिमालमा पाइने बाघको जस्तो थियो । शरीरको अगाडि झुप्प परेको भुत्ला पनि नेपालको बाघमा नदेखिने खालको थियो ।

५० रुपैयाँमा भएको याकको फोटो झुम्लुङ्ग परेकोले त्यसले पनि नेपालीपन नदेखाउने र त्यो अमेरिकन बाइसनको स्वरुपमा रहेकोले त्यसलाई पनि सोही समितिले परिवर्तन गर्नको लागि नयाँ फोटो उपलब्ध गराएको थियो । त्यस्तै, २० रुपैयाँको नोटमा झारलको फोटो त्यो, त्यो नेपालमा पाइएको झारलको फोटो थिएन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds