पर्वत । विश्वकै दोश्रो अग्लो बन्जी सन्चालनको तयारीमा रहेको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसरमा निर्माण गरेको नेपालकै अग्लो र नमुना पिङ आज (बुधबार)बाट सन्चलनमा आएको छ ।
बन्जीका लागि कालीगण्डकी नदिको खोँचमा निर्माण भएको पर्वतको कुश्मा र बाग्लुङको बलेवा जोड्ने पुलको उचाइ २ सय २८ मिटर छ भने सो भन्दा माथी बनाइएको पिङको उचाइ नदीबाट २ सय ४८ मिटर छ ।
जमिनबाट १२ मिटर अग्लो बनाइएको पिङ नेपालमा अहिलेसम्म बनाइएका पिङ भन्दा फरक छ । यो गुलेलीको शैलीमा निर्माण गरिएको छ । सामान्यतया पिङमा अरुले हल्लाइदिनु पर्ने हुन्छ तर यसमा खेल्ने मान्छे पिङमा बसेपछि पछाडि बाट मेसिनले तानेर हुत्त छोडिन्छ अनि पिङ मचिन्छ ।
पिङ निर्माण र सन्चालनमा सुरक्षा सावधानीको उच्च सतर्कता अपनाइने द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीले जानकारी दिए ।
चट्टान आरोहण लगायत साहसिक खेलमा प्रयोग हुने उच्च गुणस्तरको डोरिको प्रयोग गरिएको र दक्ष प्राबिधिकबाट डिजाइन गरि निर्माण गरिएको पिङ नेपालकै नमुना पिङ बनेको कार्कीको दाबी छ। पिङ खेल्न प्रतीब्याक्ती दुई सय रुपैयाँ लाग्ने कार्कीले बताए।
बिश्वकै अग्लो स्विङ र स्काई साइक्लीङ समेत निर्माण गरेको कम्पनीले अन्य गतिविधि समेत छिट्टै खोल्ने बताइएको छ ।
क्षेत्रलाई एड्भेन्चर हबका रुपमा बिकास गर्ने योजना भएको र भविष्यमा अन्य गतिविधि समेत थपिने कार्कीले बताए।
सम्बन्धित खबर
सात वर्षमा पनि पूरा भएन मालढुङ्गा–बेनी–जोमसोम सडक
पर्वतको महाशिलामा ७ करोडका पर्यटकीय पूर्वाधार निर्माण
धमाधम कालोपत्रे हुँदै पर्वत र म्याग्दी जोड्ने सडक
पर्यटकीय पूर्वाधार निर्माण भएसँगै कुश्मामा पर्यटकको घुइँचो
पोखराबाट पर्वत गएको गाडी सडकबाट खस्दा १० जना घाइते
पर्वतको पैयुँ गाउँपालिकाले कोदो उत्पादक किसानलाई अनुदान दिने
यो पनि पढौँ
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
आजदेखि लाइसेन्स बोक्न नपर्ने, मोबाइलबाट ट्राफिकले कारबाही गर्न सक्ने
पर्यटन व्यवसायी मिश्रको डेंगु संक्रमणबाट निधन
स्याङ्जामा पूर्वसैनिकको घरमा सकेट बम विष्फोट, पुरी घाइते