तनहुँको नाहालामा बनाइएको डाईभर्सनमा मालवाहक ट्रक फस्यो: पृथ्वी राजमार्ग फेरी अवरुद्ध (फोटो/भिडियो सहित)

तनहुँको नाहालामा बनाइएको डाईभर्सनमा मालवाहक ट्रक फस्यो: पृथ्वी राजमार्ग फेरी अवरुद्ध (फोटो/भिडियो सहित)

Truck Fasyo Nahala Diversion

किरण श्रेष्ठ, तनहुँ । पृथ्वी राजमार्ग अन्तरगत तनहुँको नाहालामा मंगलबार दिउसो खुलाइएको सडक फेरी अवरुद्ध भएको छ । हिजो बिहानदेखि अवरुद्ध भएको बाटो हिजो (मंगलबार) दिउँसोबाट एकतर्फी खुलाइएको थियो ।

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिका–१ स्थित नाहालामा सडक भाँसिएर बाटो भत्केपछि मंगलबार डाईभर्सन बनाईएको थियो । सडकको वारपार नै करिब १० मिटर भासिएर सडक अवरुद्ध बनेको थियो ।

पृथ्वी राजमार्ग अन्तरगत तनहुँको नाहालामा सडक भासिएपछि बनाईएको डाईभर्सन (बैकल्पिक सडक)मा मालवाहक ट्रक फसेकोले बुधबार दिउँसो १२:३० बजेदेखि बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमल्सिनाका अनुसार डाईभर्सन (बैकल्पिक सडक)मा हिलो हुँदा मालवाहक ट्रक फसेकाले सडक अवरुद्ध भएको छ ।

‘राजमार्गको छेउमा बनाइएको डाईभर्सनमा ट्रक फसेकाले सडक अवरुद्ध भएको हो ।’ डिएसपी तिमिल्सेनाले भने ‘जेसिबीको प्रयोग गरेर निकाल्ने काम भईरहेको छ । उनले थपे ‘ हिजोदेखि लगातार सवारी आवतजावत हुँदा बाटो हिलो भएको हुँदा समस्या देखिएको हो ।’

आवश्यक मात्रमा ढुङ्गा, गिट्टीको ब्यवस्थापन हुन नसक्दा हिजोदेखि भरपर्दो एबं बलियो डाइभर्सन निर्माण हुन सकेको छैन ।

भिडियो :

फोटो/भिडियो सौजन्य : रबिन पौडेल

यो पनि…

तनहुँको नाहालामा पक्की सडक भासिँदा पृथ्वीराजमार्ग अवरुद्ध: मर्मत हुँदै, सुचारु हुन १ घण्टा लाग्ने

तनहुँको नाहालामा डाईभर्सन बनाएर अवरुद्ध पृथ्वी राजमार्गको एकतर्फी बाटो खुलाइयो (अपडेट)

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ