पर्वतको फलेवासस्थित कालोखोलामा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

पर्वतको फलेवासस्थित कालोखोलामा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

dubera bepatta

सांकेतिक तस्विर

पर्बत – पर्बतमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । फलेबास नगरपालिका ९ भंगरा स्थित कालोखोलामा पौडी खेल्ने क्रममा डुबेर २४ बर्षिय रोजन पौडेल क्षेत्रीको मृत्यु भएको हो ।

सोमबार दिउँसो चारजना साथीहरु सहित निस्केका उनीहरु पौडी खेल्ने क्रममा कालोखोलामा डुबेर मुत्यु भएको जिल्ला प्रहरी कार्यलय पर्बतका प्रमुख बिश्वराज अधिकारीले जानकारी दिए ।

पौडी खेल्ने क्रममा डुबेका उनलाई सोमबार सांझनै प्रहरीले जिल्ला अस्पताल ल्याएको थियो । पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाइएको डिएसपि अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ