कुखुरा फर्मभित्र बाढी पस्दा ३ हजार कुखुरा मरे, २० लाख बराबरको क्षती

कुखुरा फर्मभित्र बाढी पस्दा ३ हजार कुखुरा मरे, २० लाख बराबरको क्षती

Kukhura Farm bhanu

तिलोत्तमा- रुपन्देहिको सैनामैनास्थित एक कुखुरा फर्मभित्र पानी पस्दा ३ हजार कुखुरा मरेका छन् । भारी वर्षासँगै आएको बाढीका कारण फर्ममा बाढी पसेको थियो । उद्योगका सञ्चालक रामलाल अधिकारीका अनुसार सैनामैना-७ देवापारमा रहेको सुपा देउराली पोल्ट्री उद्योगमा बाढी पसेको थियो । बाढीका कारण ८० बोरा दाना समेत भिजेर नोक्सान भएको अधिकारीले बताए ।

‘राति ९ बजेबाट भारी वर्षा भएपछि कुखुराको अवस्था बुझ्‍न जाँदा हेर्दा हेर्दै बाढी पसेको उनले बताए । पानीले २० लाख रुपैयाँ बराबरको क्षती गरेको उनले बताए ।विगत ८ वर्षदेखि फर्म सञ्चालन गर्दै आएका अधिकारीले लकडाउनका कारण आर्थिक चपेटा परिरहेको बेला बाढीले फर्ममा क्षति गरेपछि झन् समस्या परेको चिन्ता व्यक्त गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds