तनहुँ भानुको रानीपानीमा सडक भासिएपछि डुम्रे-बेशिसहर सडकखण्ड अवरुद्ध

तनहुँ भानुको रानीपानीमा सडक भासिएपछि डुम्रे-बेशिसहर सडकखण्ड अवरुद्ध

Ranipai Bhanu Sadak1

किरण श्रेष्ठ, तनहुँ । अविरल वर्षा संगै देशभर बाढी पहिरो गईरहेको छ । विभिन्न सडक र राजमार्गहरु समेत अवरुद्ध बनेका छन । पहिरो संगै सडक भाँसिएपछि तनहुँ र लम्जुङ्गको सडक सम्पर्क टुटेको छ ।

विभिन्न स्थानमा गएको पहिरो र सडक भाँसिदा डुम्रे-बेशिसहर सडकखण्ड अवरुद्ध बनेको छ । तनहुँको भानु-९ स्थित रानिपानीमा सडक भाँसिदा उक्त सडकखण्ड अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेले जनाएको छ ।

लमजुङको सदरमुकाम बेसिशहर सँगको यातायातको एक मात्र माध्यम डुम्रे-बेशिसहर सडकखण्ड सोमबारदेखि नै अवरुद्ध रहेको छ ।

भानु नगरपालिकाको भन्सारदेखि लमजुङको सीमानासम्म ठाउँ ठाउँमा पहिरो खसेको भानु ९ का वडाध्यक्ष निलमसंजिवा श्रेष्ठले जानकारी दिए ।

बाइसजागार बजार अगाडी रानीपानीमा करिब १२ मिटर जति कालोपत्रे (पक्की सडक)मुनिको जमिन नै खसेका कारण सडक अवरुद्ध भएको वडाअध्यक्ष श्रेष्ठले जानकारी दिए ।

उक्त सडकखण्डको भान्सार स्थित रमाईलो डाडा, तुततुरे लागाएरतका स्थानमा पहिरो गएको वडाअधय्क्ष श्रेष्ठ बताए । उनले भने ‘अहिले एउटा जेसिबीले तुरतुरेमा पहिरो हटाइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds