बाढीले बगाएर मृत भेटिएकी अञ्जना पतिसँगै बगेकी थिइन्

बाढीले बगाएर मृत भेटिएकी अञ्जना पतिसँगै बगेकी थिइन्

Anjana-limbuu

तेह्रथुम – बाढीले बगाएर नग्न अबस्थामा रुखको जरामा मृत भेटिएकी महिला तेह्रथुम म्याङलुङकी ३६ बर्षीया अञ्जना लिम्बु रहेको थाहा भएको छ । जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार लालीगुँरास नगरपालिका–९ ढाडेखोलाले बगाएर उनको मृत्यु भएको हो ।

छथर गाउँपालिकास्थित माइती घर जानेक्रममा सोमबार दिउँसो उनलाई खोलाले बगाएको हो  । अञ्जनासंगै उनका पति भेषराज लिम्बुलाई पनि खोलाले बगाएको हो । भेषराज खोलाबाट निस्कन सफल भएपनि अञ्जनालाई भने उनले निकाल्न सकेनन् ।  जिरीखिम्ती बजार डेरा गरी बस्ने उनीहरुको स्थायी घर म्याङलुङ नगरपालिका–६ अम्फुवा रहेको प्रहरीले जानकारी दिएको छ ।

खोलाले बगाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जिरिखिम्ति र जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा खोलाको बीच भागमा उनको शव फेला पारेको हो । भेषराजलाई उपचारको लागि जिल्ला अस्पताल म्याङलुङतर्फ पठाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ