तनहुँको भानुस्थित सिमगैरामा पहिरोले घर बगाउँदा एक जना बेपत्ता, एकको उद्दार

तनहुँको भानुस्थित सिमगैरामा पहिरोले घर बगाउँदा एक जना बेपत्ता, एकको उद्दार

Pahiro

फाइल तस्बिर

तनहुँ – तनहुँको भानुमा पहिरोले घर बगाउँदा एकजना बेपत्ता हुनाको साथै एकको घाइते अबस्थामा उद्दार गरिएको छ ।

सोमबार दिउँसो २:३० बजेको समयमा भानु नगरपालिका वडा नं -९ सिमगैरा बस्ने महेन्द्र धौलारीको घर र संगै रहेको उनका भाइको घर माथिबाट आएको पहिरोले बगाउँदा उनकी ८० बर्षीया आमा तिलमाया धराली र १७ बर्षकी छोरी शिताष्मा धौलारी पहिरोमा परी बेपत्ता भएका थिए ।

घटनाको जानकारी लगत्तै पुर्कोट प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलि र स्थानीयले गरेको खोजीकार्यमा छोरी शिताष्मा धौलारीलाई घाइते अबस्थामा उद्दार गरी स्थानीय कालिका मेडिकल पठाइएको छ। भने, बेपत्ता तिलमायाको खोजीकार्य भैरहेको छ।

प्रहरीका अनुसार घाइते शिताष्माको स्वास्थ्या अबस्था गम्भीर रहेको छ । उनलाई थप उपचारका लागि अन्यन्त्र रिफर गर्ने तयारी भैरहेको तनहुँका डिएसपी तथा प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । “बेपत्ताको खोजीकार्यका लागि डुम्रेबाट इन्स्पेक्टरको टोली हिंडिसकेको छ, म पनि जाने तयारीमा छु प्रबक्ता तिमिल्सिनाले गण्डक न्युज संग भने ।”

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ