गण्डकी प्रदेशका नदीहरुमा आकस्मिक बहाबको सम्भावना, सतर्कता अपनाउन महाशाखाको आग्रह

गण्डकी प्रदेशका नदीहरुमा आकस्मिक बहाबको सम्भावना, सतर्कता अपनाउन महाशाखाको आग्रह

flood-badhi

symbolic picture

पोखरा – आइतबार देखीको लगातारको झरीले नदी र खोलामा पानीको सतह बढेको छ ।

लगातारको पानीले कास्कीको सेती नदी संगै विजयपुर खोला, फुस्रे खोला, हर्पन खोला लगायत आसपासका खोल्सा खाल्सीमा पानीको बहाब बढेको हो ।

देशभरका नदी खोलामा पानीको सतह बढ्दै गएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाले मंगलबार बिहान जारी गरेको सुचनामा गण्डकी प्रदेश सहित प्रदेश १, प्रदेश २ बागमती प्रदेश र ५ नम्बर प्रदेश भइ बहने नदीमा बाढीको उच्च जोखिम रहेको र कर्णाली र सुदुरपश्चि भइ बहने नदीमा जोखिम मध्यम रहने उल्लेख गरेको छ  ।

महाशाखाले आज नारायणीको बहाब खतराको बिन्दुसम्म पुग्न सक्ने चेतावनी दिएको छ  । यसबाहेक गण्डकी प्रदेशका लमजुङ, गोरखा, तनहुँ, कास्की, स्याङ्गजा, पर्वत, बाग्लुङ र म्याग्दी भइ बहने नदीहरुमा आकस्मिक बहाब हुन सक्ने भन्दै नदी किनार र होचा ठाउँमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds