तनहुँको पहिरोमा घाइते भएकाको अवस्था बुझ्न अस्पताल पुगे काँग्रेस नेता पौडेल

तनहुँको पहिरोमा घाइते भएकाको अवस्था बुझ्न अस्पताल पुगे काँग्रेस नेता पौडेल

RC poudel1 pahiro v

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा पहिरोमा परि घाइते भएकाहरुलाई स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छन् ।

गण्डकी मेडिकल कलेज पोखरामा पुगी तनहुँको व्यास नगरपालिका-९ माझफाँटका केशर थापा र ऋषिङ गाउँपालिका-८ पल्ट्याङका दधिसरा थापाको स्वास्थ्य अवस्थाका बारेमा पौडेलले जानकारी लिएका हुन् ।

घाइते केशर थापालाई व्यास नगरपालिकाका तर्फबाट दिइने राहत रकम पनि पौडेलले अस्पतालमा नै हस्तान्तरण गरेको उनको स्वकिय सचिव चिरन्जीवी अधिकारीले जानकारी दिए ।

आइतबार राति गएको पहिरोमा परी तनहुँमा ११ जनाले ज्यान गुमाएका थिए । दधिसरा र केशरले पनि परिवारको सदस्य गुमाएका छन ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds