गरीबी विरुद्ध महिला सशक्तिकरणद्वारा आइसोलेसन र क्वारेन्टाइनमा पानी र मास्क सहयोग

गरीबी विरुद्ध महिला सशक्तिकरणद्वारा आइसोलेसन र क्वारेन्टाइनमा पानी र मास्क सहयोग

WEoPoN

तनहुँ । गरिबी विरुद्ध महिला सशक्तिकरण नेपालले शुक्रबार जिल्लामा रहेका आइसोलेसन र क्वारेन्टाइनमा सहयोग गरेका छन ।

संस्थाले आदिकवि भानुभक्त क्याम्पसमा रहेकोे आइसोलेसनमा खानेपानी ३० कार्टुन, ३०० पिस सर्जिकल मास्क र ३० वटा हात धुने साबुन व्यास-१ का वडा अध्यक्ष खरसिं दरैद्वारा प्रदान गरेका हुन ।

उक्त सहयोग सामग्री लिदै व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतिले धन्यवाद ज्ञापन गरेका थिए ।

कोरोना भाइरस अर्थात कोभिड १९ बाट विश्व नै आक्रान्त भईरहेको अवस्थामा कोरोना संक्रमितका लागि गरिएको सहयोगले धेरै मदत पुग्ने उनले बताए ।

कार्यक्रम संस्थाका उपाध्यक्ष शोभा खांणको अध्यक्षतामा र संचालन सस्थाका सदस्य एवं स्वास्थ्य संयोजक गिता रखाली मगरले गरेकी थिइन ।

त्यस्तै संस्थाले व्यास-११ को क्वारेन्टाइनमा पनि २० कार्टुन पानी र २०० प्रती सर्जिकल मास्क दिएको छ ।

उक्त सहयोग संस्थाले आफ्नो प्रथम वार्षिकोत्सवको सन्दर्भमा गरेको संस्थाकी उपाध्यक्ष शोभा खाणले जानकारी दिइन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ