फेवाताल वरपरका होटल, घरधनीले नै मध्यरातमा फोहोर लगेर फाल्छन्,अनि फेवाताल फोहोर भो भन्ने ?

फेवाताल वरपरका होटल, घरधनीले नै मध्यरातमा फोहोर लगेर फाल्छन्,अनि फेवाताल फोहोर भो भन्ने ?

Fewataal

पोखरा, १३ माघ । पोखराको लेकसाईड किन यहाँ सबैभन्दा राम्रो ठाउँमा गनिन्छन् ? यहाँ होटल किन खुलेका छन् ? महंगो किन छ ? पर्यटक किन झुम्मिन्छन् ? एउटै कारण जहाँ फेवाताल छ । त्यही फेवातालकै कारण पैसा कमाउने, फेवातालबाटै बाँचेका हरु त्यही फेवाताल मास्न उद्धत छन् । उनीहरु नै फोहोर गर्छन् अनि फेवाताल फोहोर भयो, पुरियो भनेर चिन्ता गर्छन् उनीहरु नै । सबै त्यस्ता नहोलान् तर छन्, सो तथ्य जनप्रतिनिधिले नै खुलाए ।

पोखराको मुख्य पर्यटकीय स्थल लेकसाईडमा रहेका केहि होटल, रेष्टुरेण्ट तथा घरधनीहरुले रातको समय १२/१ बजे तिर आफ्नो ढल सहितको फोहोर पानी फेवातालमा मिसाउने गरेको तथ्य सार्वजनिक भएको हो । क्लिन लेकसाईडको आयोजनामा शुक्रबार पोखरामा आयोजना भएको छलफल कार्यक्रममा पोखरा लेखनाथ महानगरपालीका वडा नम्बर ६ का वडा अध्यक्ष जगत बहादुर पहारीले पोखराको लेकसाईड क्षेत्रमा स्थानियहरुले आफुहरुलाई समेत अटेर गरी रातिको समयमा जथाभावी फोहोर फाल्ने गरेको बताए ।

उनले भने “ हामीले लेकसाईडमा जथाभावी फोहोर नगर्न आग्रह गर्दा आउदा केहिले हाम्रो अगाडी र दिउसोको समयमा फोहोर नफाले पनि रातिको समय १२, १ बजे तिर फेवातालमा सिधै ढल मिसिने नालामा आफ्नो घर–घरको ढल सहितको फोहोर मिसाउने गरेका छन। ”

पोखराको मुख्य आकषर्णको रुपमा रहेको फेवाताल अतिक्रमण हुदै आएको अर्काे तर्फ जथाभावी फोहोर मिसाउने काम भएको अध्यक्ष पहारीले उनले दाबी गरे । उनले भने “ फेवातालमा केहिले अझै पनि लुगा धुदै आएका छन, हामीले धेरै पटक अनुगमन गर्दा ताल वरिपरि र फेवातालमा जथभावी नगर्न सुझाव दिदा नमाने पछि अब हामी कारवाही गर्ने ढंगले अघि जाने तयारीमा रहेका छौं । ” फरक प्रसंगमा अध्यक्ष पहारीले लोकतन्त्रमा पनि आफुहरु जनप्रतिनिधिहरु भएको नाताले आफुहरुले राम्रो कामको लागि पनि महानरपालिकाको सिफारिस आवश्यक पर्ने निती राखेर आफुहरुलाई निरिह पारिएको गुनासो गरे ।

सामुदायिक प्रहरी सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामका अध्यक्ष भिम पराजुलीले लेकसाईडमा केहि व्यत्ति तथा व्ययसायीहरुमा मिचाह प्रबृत्तिका कारण फोहोर र जथाभावी गर्ने गरेको आरोप लगाए । केहीले सफा र हराभरा पार्न चाहे पनि सवैले साथ नदिदा लकेसाईड र फेवातालमा फोहोर हुने गरेको दाबी गरे ।

वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरिक्षक वसन्त शर्माले लेकासाईडमा रातिको समयमा बढी फोहोर फाल्ने र अनावश्यक हो हल्ला गर्ने तथा ध्वनि प्रदुषर्ण हुने गरेको बताए । उनले रातिको समयमा लेकसाइडमा वान्ता गर्ने युवाको हुललाई कसरी नियन्त्रण गर्ने भनी प्रश्न गरे ।

सडक क्षेत्रमा मध्यपान सहित रक्सिका वोतलहरु भेटिने गरेको शर्माले जनाए। रेवान पोखराका अध्यक्ष चौ बहादुर गुरुङले जबसम्म फोहोर गर्ने उपर कडा कारवाहीको दायरमा ल्याईदैन तवसम्म जुन सुकै अभियान ल्याए पनि अभियान सफल नहुने दाबी गरे ।

पोखराका एक व्यवसायी कमल बहादुर भुजेलले क्लिन पोखरा र हराभरा पोखराको अभियामान आफु लागेको बताउदै उक्त अभियानलाई सफल पार्न पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसी भेटन आउन लागेको बताए ।

पोखराको पर्यटकीय गन्तव्यमा जथाभावी फोहोर भएकोले त्यसलाई नियन्त्रण गर्ने उद्धेश्यले आफुहरुले केहि दिन अघि देखि पोखराको लेकसाईड क्षेत्रमा सफाई अभियान सुरु गरेको क्लिन लेकसाईडका अध्यक्ष महेन्द्र नेपालीले बताए । हल्लनचोक, बाराहीचोक लगायतको क्षेत्रको सडक क्षेत्रमा चुरोटका ठुटा, रक्सिका खाली वोतल, दुगन्धित फोहोर समेत सफाई गर्दा भेटिएको अध्यक्ष नेपालीले दाबी गरे ।

छलफल कार्यक्रममा पोखरा लेखनाथ महानगरपालीका वडा नम्बर ६ का वडा सदस्यहरु हरि पहारी, पुष्पा पहारी, राममाया विश्वकर्मा, फेवा डुंगा व्यवसायी संगठनका उपाध्यक्ष मंगल नेपाली लगायतले सफाई अभियानमा सहयोग र साथ दिने वचन दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ