तनहुँको पहिरोमा पुरिएका थप १ जनाको शव भेटियो: मृत्यु हुनेको संख्या ११, अझै एक बेपत्ता (अपडेट)

तनहुँको पहिरोमा पुरिएका थप १ जनाको शव भेटियो: मृत्यु हुनेको संख्या ११, अझै एक बेपत्ता (अपडेट)

Odare Vyas-11 Pahiro2

तनहुँ । तनहुँमा आइतबार रातिदेखि परेको वर्षाका कारण गएको पहिरोमा परी हिजो सोमबारदेखि बेपत्ता रहेका थप एक जनाको शव भेटिएको छ ।

जिल्लाको व्यास–११ ओडारेका ५२ वर्षीय पदम बहादुर भुजेल(चेपाङ)को शव मंगलबार दिउँसो भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक(डिएसपी) युवराज तिमिल्सिनाले जानकारी दिए ।

एउटा एक्साभेटर र एउटा सानो जेसिबीको प्रयोग गरेर मंगलबार बिहानदेखि पहिरोमा खोजी गर्दा मंगलबार ४ बजेतिर भुजेलको शव भेटिएको डिएसपी तिमिल्सिनाले बताए । उनले भने ‘मुचुल्का गरेर शव आफन्तलाई बुझाइयो ।’

नेपाल प्रहरी र एक्साभेटर र जेसिबीले खोजी गर्ने क्रममा भुजेलको शव भेटिएको व्यास-११ का वडाअध्यक्ष निर बहादुर खड्काले बताए ।

हिजो सोमबार नेपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीले खोजी गरेको भए पनि नभेटिएपछि मंगलबार एक्साभेटरको प्रयोगबाट खोजी थालिएको थियो ।

भुजेलको शव भेटिएसँगै तनहुँका पहिरोले पुरिएर मृत्यु हुने ११ जनाको पुगेको छ भने एक जना अझै पनि बेपत्ता छन् । तनहुँको व्यास–९ माझफाँटका २० वर्षीय राजेश थापा भने अझैसम्म हराइरहेका छन् ।

उनको खोजि भईरहेको व्यास-९ का वडाअध्यक्ष सुरेश थापाले जानकारी दिए । उनले भने ‘आज बिहानैदेखि एक्साभेटर, नेपाली सेना र नेपाल प्रहरीको टोलीले खोजी कार्य गरिरहेको छ ।’

जिल्लामा पहिरोमा परी १२ जना हराएका मध्ये ११ जनाको शव पहिरोबाट निकालि सकिएको र एक जना बेपत्ताको खोजि भईरहेको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले जानकारी दिए ।

तनहुँमा पहिरोले पुरिएर ११ जनाले ज्यान गुमाएका छन् भने १ जना अझै बेपत्ता छन् । त्यस्तै २ जना घाइतेको पोखरामा उपचार भईरहेको छ ।

तनहुँको म्याग्दे गाउँपालिकामा १ जना र व्यास नगरपालिकामा ५ जना, ऋषिङ गाउँपालिकामा ५ जना गरि अहिलेसम्म कुल ११ जनाको मृत्यु भएको छ ।

व्यास नगरपालिका–९ माझफाँटमा पनि पहिरोले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ । स्थानीय केशरबहादुर थापाको घर पहिरोले पुरिँदा उनकी श्रीमती ४० वर्षीया कमला, छोरा २४ वर्षीय मनोज थापा र बुहारी २१ वर्षीया अन्जना थापाको मृत्यु भएको हो ।

पहिरोमा पुरिएर घाइते ५० वर्षीय केशरबहादुर थापालाई भने उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । केशरबहादुर थापाका २० वर्षीय कान्छा छोरा राजेश थापा भने अझै बेपत्ता छन् ।

हेर्नुस भिडियो रिपोर्ट :

व्यास नगरपालिका–९ माझफाँटमै पहिरोले पुरिएर ७० वर्षीया मैतकुमारी घर्ती र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडाकी १५ वर्षीया लक्ष्मी विकको मृत्यु भएको छ ।

त्यस्तै व्यास नगरपालिका–११ ओडारेका ५२ वर्षीय पदम बहादुर भुजेल (चेपाङ)को शव मंगलबार इउसो ४ बजे पहिरोबाट निकालिएको छ ।

त्यस्तै ऋषिङ गाउँपालिका–८ पल्ट्याङस्थित भैसीकिलीमा पहिरोले घर बगाउदा एकै परिवारका पाँच जना मृत्यु भएको छ ।

राती १ बजे घरमाथि रहेको सडकबाट खसेको पहिरोले आन बहादुर थापाको घर बगाएको हो । पहिरोमा परि थापाका दुई छोरा, दुई बुहारी र एक नातिनीको मृत्यु भएको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।

उनका अनुसार आन बहादुर थापाका साहिँला छाेरा ३० वर्षीय भेषबहादुर थापा, २७ वर्षिया बुहारी नानुमाया थापा, ६ वर्षिया नातिनी छाेरी अमिषा थापा, कान्छा छाेरा २२ वर्षीय महादेव थापा र कान्छी बुहारी १९ वर्षिया मनिसरा थापाको मृत्यु भएको गाउँपालिका अध्यक्ष श्रेष्ठ जानकारी दिए ।

घाइते आन बहादुर थापाकी श्रीमती ५८ वर्षिया ज्योती थापाको हात भाँचिएर उपचारको लागि पोखरा पठाईएको गाउँपालिका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यो पनि…

तनहुँमा पहिरो: २ जना अझै बेपत्ता, स्थानियसंगै सेना र एक्साभेटर लगाएर खोजि जारी (फोटो/भिडियो)

तनहुँमा पहिरोमा पुरिएर १० जनाको मृत्यु, २ जना अझै बेपत्ता (अपडेट)

तनहुँका २ सहित गण्डकी प्रदेशमा थपिए ७ जना कोरोना संक्रमित, कुल संक्रमित ११९९ पुग्यो

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ