थप ११६ जनामा कोरोनाको संक्रमण पुष्टि, ३४ जना डिस्चार्ज

थप ११६ जनामा कोरोनाको संक्रमण पुष्टि, ३४ जना डिस्चार्ज

Corona update 2

नेपालमा थप ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १४६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १६ हजार ९ सय ४५ पुगेको छ। संक्रमितमध्ये हालसम्म १० हजार ३ सय २८ जना निको भएर घर फर्किएका छन् भने संक्रमणबाट अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ।

प्रवक्ता गौतमका अनुसार सोमबार कोरोनालाई जितेर ३४ जना घर फर्किएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ